FAQs

१. “म नेपाली” को स्थापना किन ?

बिसेस गरेर ग्रामिण भेगमा शिक्षा र स्वास्थ्य क्षेत्रका पूर्वाधारहरु निर्माण गर्ने मनसायले “म नेपाली” को स्थापना गरिएको छ | आर्थिक लगायत अन्य कारणहरुले शिक्षा र स्वास्थ्यमा पहुच हुन नसकेका समुदायलाई शिक्षा र स्वास्थ्यमा आधारभूत सुबिधा उपलब्ध गराउनु नै “म नेपाली” को प्रमुख उदेश्य हो | आफै केहि गर्न इच्छुक समुदाय तथा संघ/संस्था संग सहकार्य गरेर “म नेपाली” का कार्यक्रम लागु गरिने छ | जस्तै;

क) कुनै गाउको बिद्यालयमा “पुस्तकालय, खानेपानी, अथवा भवन” निर्माण गर्नु पर्ने आबस्यकता देखियको / प्रस्ताब आएको अबस्थामा स्थानियहरुले कुल लागतको ५०% जुटाउनु पर्ने छ | बाकि ५०% लागत “म नेपाली” ले जुटाउन सहयोग गर्ने छ | समुदायले स्थानिय निकाय (जस्तै ; गाबिस, जिविस, नगरपालिका) संग समन्वय गरेर उक्त रकम जुटाउन सक्नेछन |

ख) कुनै एक गाउमा रहेको हेल्थ पोस्टलाइ आबस्यक पर्ने केहि मेडिकल औजार / सामाग्रीहरु जुटाउनु पर्यो या उक्त गाउका स्थानीयहरू संग मिलेर हेल्थ पोस्ट बनाउने प्रस्ताब आएको अबस्थामा स्थानियहरुले कुल लागतको ५०% जुटाउनु पर्ने छ |  बाकि ५०% लागत “म नेपाली” ले जुटाउन सहयोग गर्ने छ | समुदायले स्थानिय निकाय (जस्तै ; गाबिस, जिविस, नगरपालिका) संग समन्वय गरेर उक्त रकम जुटाउन सक्नेछन |

नोट : कतिपय अबस्थामा उक्त क्षेत्रका स्थानिय बासिन्दाहरुले आर्थिक सहयोग गर्ने नसक्ने लगायतका अन्य समस्याहरु पनि हुन सक्दछन उक्त परिस्थितिमा हामि संग बिसेस योजना छ र हामि सोहि अनुसार काम गर्ने छौ |

२. “म नेपाली” ले निजि संघ/संस्थालाई सहयोग गर्दछ कि नै ? जस्तै प्राइभेट बोर्डिंग स्कुल , क्लिनिक |

म नेपाली” ले सरकारी/सामुदायिक संघ / संथा सग साझेदारीमा काम गर्ने छ | नाफा कमाउनका लागि खोलियका कुनै पनि निजि संघ संस्थालाइ म नेपालीले सहयोग गर्ने योजना छैन | बरु निजि संघ/संस्थाले म नेपालीका कार्यक्रमलाइ सहयोग गर्न सक्ने छन |

३. हिजो आज धेरै संघ संस्था खुलेका छन् | धेरै जसो संघ संस्था राजनिती बाट प्रभावित पनि छन | धेरै संघ संस्थामा आ -आफ्ना समूह छन | को मान्छेलाई कुन पदमा ल्याउने या अगाडि ल्याउने भन्ने कुरो मोटामोटी पहिला नै तय गरि सकियको हुन्छ | “म नेपाली” कुन दलको हो या कुन दल संग नजिक छ ? अनि कस्ता कस्ता व्यक्तिलाई अगाडि ल्याउने योजना छ ?

अरु संघ संस्थाको बारेमा हामीले टिप्पणी गर्नु उपयुक्त हुदैन | त्यो हाम्रो क्षेत्र भन्दा बाहिरको बिसय हो | सबै संघ संस्थाले, संस्थाको उदेश्य अनुसार काम गरिरहेका छन भन्ने हाम्रो बुझाइ हो | “म नेपाली” कुनै दल संग आबद्द छैन र हुने छैन | “म नेपाली” राजनिती गर्ने उदेश्यले स्थापना गरियको संस्था होइन | “म नेपाली” समाज सेवा नै गर्न स्थापना गरियको संथा पनि होइन | आफुले सक्ने केहि साना तिना कार्यहरु (शिक्षा र स्वास्थ्य क्षेत्रमा) गरौ भनेर “म नेपाली” को स्थापना गरियको हो | “म नेपाली” ले आफुले सकेको सहयोग सकुन्जेल गरिरहने छ र बदलामा केहि अपेक्षा राख्दैनौ | यो संस्थाको बिधानले राजनिती गर्न दिदैन तसर्थ राजनीति गर्न इच्छा हुने महानुभाबहरुले “म नेपाली” मा आबद्द नभएको राम्रो | यो संस्थाले बढीमा १० जना सम्म डाइरेक्टरहरु नियुक्त गर्न सक्ने छ | डाइरेक्टरहरुले अरु व्यक्तिहरुको नियुक्ति तथा निस्काशन गर्ने प्राबधान रहेको हुदा संस्थालाई राजनिती र गुटको खेलबाट टाढा राख्न म नेपाली सफल हुने विस्वास  हामीले लियका छौ |  संस्थाको बिधान यो लिंक क्लिक गरे हेर्न सक्नुहुने छ | म नेपालीको टिममा रहेर काम गर्न इच्छुक व्यक्तिहरुलाइ संस्थाका डाइरेक्टरहरुले नियुक्ति गर्ने ब्यबस्था रहेको कारण चुनाबी झन्झट पनि छैन | नेपालमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा आफुले सकेको योगदान गर्न चाहने “म नेपाली” को सदस्यलाई संस्थाको ढोका सदैब खुल्ला रहने छ | शिक्षा र स्वास्थ्य बाहेक अन्य कुनै क्षेत्रमा हामि काम गर्ने छैनौ |

४. “म नेपाली” मा आबद्द हुनै पर्ने केहि कारण छ ?

छैन, निश्चय छैन | “म नेपाली” मा तपाइँ आबद्द हुनै पर्दछ भनेर हामीले भन्न मिल्दैन | प्रत्येक व्यक्ति निर्णय गर्न स्वतन्त्र छ | हामि सबै विवेकशील छौ | हाम्रा आफ्नै मूल्य – मान्यता तथा उदेश्य छन | तपाइको रुचि, उदेश्य लगायत तपाइको बारेमा हामी अनभिज्ञ छौ | हामी कसरि तपाईलाई “म नेपाली” मा आबद्द हुनुहोस भनेर भन्न सक्दछौ ? “म नेपाली” ले गर्न खोजेको कार्य ठिकै हो | अर्थात तपाइँ आफुले पनि कुनै दिन यस्तै केहि गर्न मन गर्नु भएको थियो या छ भने बिना हिच्किचाहट तपाइँ आबद्द हुन सक्नुहुन्छ | हामी मुक्त कंठले तपाइको प्रसंशा गर्दै हाम्रो टिममा स्वागत गर्ने छौ |

५. “म नेपाली” ले किन शिक्षा र स्वास्थ्यलाइ मात्रै केन्द्र बिन्दुमा राखेको ?

अरु धेरै संघ संस्थाले अन्य धेरै क्षेत्रमा काम गरिरहेका छन | शिक्षा र स्वास्थ्य दुवै जीवनका महत्वपूर्ण पाटा हुन | तसर्थ हामीले शिक्षा र स्वास्थ्यलाइ केन्द्र बिन्दुमा राखेका हौ | शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्ने पनि अनगिन्ति संघ संस्थाहरु छन | ब्यबहारिक रुपमा सम्भब भए सम्म तेस्ता संघ / संस्थाहरु संग मिलेर हामी काम गर्ने छौ | शिक्षा र स्वास्थ्य बाहेक अन्य क्षेत्रमा हामी काम गर्ने छैनौ |

६. “म नेपाली” लाइ म कसरि सहयोग गर्न सक्दछु ?

म नेपाली लाइ तपाइले अनगिन्ति माध्यम बाट सहयोग गर्न सक्नुहुनेछ | साधारण सदस्य, कार्य समिति या बोर्ड अफ डारेक्टर कहा बसेर सहयोग गर्ने हो, त्यो तपाइँ आफै निर्णय गर्नुहोस | कुनै पदमा नबसी / म नेपालीको सदस्य नबनी पनि हामीले गरेका कार्यहरुको टिका टिप्पणी गरेर पनि तपाइले हामीलाई सहयोग गर्न सक्नुहुने छ |

७. हिजो आज हाम्रो समुदायमा नराम्रो कामको टिका टिप्पणी गर्ने या खबरदारी गर्ने व्यक्तिलाई “नकारात्मक सोच” भएको मानिस भनेर “बिल्ला” भिराउने चलन छ | “म नेपाली” ले गरेका गलत / नराम्रा कामको टिका टिप्पणी गर्न पाउने कि नपाउने ?

पहिला हामीलाई सुझाब दिनुहोस, सुझाब पछि पनि हामी सुध्रियनौ भने दिल खोलेर टिका टिप्पणी गर्नुहोस | एउटा उखान छ “मादल जति ठोक्यो तेती बज्दछ, तेही मादल विभिन्न तालमा पनि बज्दछ” | यो सब बादकको हातको कला हो | सम्झिनुस हामि मादल हौ र तपाइँ बादक | मादलको खरी नझर्ने गरि ठोक्नुहोस | हामी तपाइलाइ कहिल्यै पनि कस्तो “नकारात्मक सोच” भएको मानिस भनेर “बिल्ला” भिराउने छैनौ | यो नकारात्मक र सकारात्मक सोचको परिभाषा गहिरो छ | धेरैले त परिभाषा नबुझी कुरा गरिरहेका हुनसक्दछन |

८. म धेरै संघ / संस्थाको माथिल्लो पदमा बसेर काम गरि सकेको छु | म आफु एक दक्ष व्यक्ति साथै राम्रो प्रोफेसनमा काम गरि रहेको छु | “म नेपाली” मा मेरो स्थान के हुन्छ ?

तपाइँको सिप र अनुभवलाई “म नेपाली” को माध्यमबाट समुदायको हितमा लगाउन पाउनु खुसीको कुरा हो | तपाइको सिप र अनुभबलाई समुदायको हितमा कसरि योगदान गर्ने त्यो तपाइको व्यक्तिगत बिचार हो | यदि तपाइँ इच्छुक हुनहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस हामी तपाइँ संग बसेर छलफल गर्न इच्छुक छौ |

९. म अस्ट्रेलिया भर्खरै आयको हु, अहिले सम्म कुनै संघ / संस्थामा आबद्द छैन | म तेती धेरै दक्ष व्यक्ति पनि होइन , मैले कसरि सहयोग गर्न सक्दछु ?

कुनै संघ संस्थामा आबद्द हुने / नहुने कुरा धेरै बिसयबस्तुले निर्भर गर्दछ | तसर्थ तेता तिर नजाउ | प्रत्येक व्यक्ति केहि न केहि बिसयमा दक्ष नै हुन्छ  | हामीलाई बिस्वास छ तपाइँ पनि केहि न केहि बिसयमा दक्ष हुनुहुन्छ | सानोतिनो सहयोग गर्न धेरै दक्ष हुनु पर्दैन | हामि तेस्तो कुनै “ठुलो” काम पनि गरि रहेका छैनौ | हामिले त झिना मसिना काम गर्ने सोच राखेका छौ | हामीले गर्ने कामहरु सम्पन्न गर्नको लागि बिसेस दक्षता भएको व्यक्तिको आबस्यक्ता पर्यो भने हामि तेस्तो व्यक्तिको खोजि गर्ने नै छौ | तपाई अस्ट्रेलिया भर्खरै आउनु भएको रहेछ | पहिला आफु अस्ट्रेलिया आउनुको उदेश्यलाई साकार पार्न ध्यान केन्द्रित गर्नुस | तर पनि तपाइले  म नेपालीलाई सहयोग गर्न सक्नुहुनेछ | यदि इच्छुक हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस | जस्तै महिनाको १ डलर याने कि बार्षिक १२ डलर सहयोग गर्दै “म नेपाली” को सदस्यता लियर पनि तपाइले सहयोग गर्न सक्नुहुने छ |

१०. “म नेपाली” को साटो “हामी नेपाली” या अरु कुनै नाम राखेको भा राम्रो हुने थियो कि ?

तपाइको कुरा पनि सहि हो | सायद अरु धेरै राम्रा नामहरु हुन सक्थे होला | तर हामीले “म नेपाली” भनेर दर्ता गरि सक्यौ | आबस्यक परे नाम परिबर्तन गर्न कुनै ठुलो कुरा होइन, गरौला | जस्तो; तपाइलाइ कसैले तपाइँ कहा बाट बसाइ सर्नु भएको हो भनेर सोद्दा के उत्तर दिनुहुन्छ ? पक्कै म नेपाल बाट भन्नुहुन्छ | हामी नेपाल बाट भन्दैनौ | हामीले जिम्मा लिने भनेको आफ्नो मात्रै हो, अरुको होइन | “म नेपाली” को मुलभुत धारणा पनि यहि हो |

११. म अरु धेरै संघ संस्था संग आबद्द छु | “म नेपाली” मा पनि आबद्द हुन चाहन्छु | “म नेपाली” को बिधानले के भन्दछ ?

तपाइँ जति सुकै संघ संस्थामा आबद्द भए पनि म नेपाली मा आबद्द भएर काम गर्न सक्नुहुनेछ | तपाइँ कुन पदमा र कसरि काम गर्ने भन्ने निर्णय तपाइको इच्छा र समय तालिकाले निर्धारण गर्ने छ | म नेपाली को बिधान र नीति नियमहरुले खासै रोक्दैन | केहि गर्न खोज्ने व्यक्तिलाई रोक्ने कुरो पनि कहिँ हुन्छ ?

१२. “म नेपाली” मा ४ किसिमको सदस्यता राख्नुको खास उदेश्य के हो ?

हो तपाइले भने जस्तै “म नेपाली” मा ४ किसिमका सदस्यता छन् |

General Membership – तपाइँ जुन देशमा बस्नुहुन्छ त्यो देशको १२ डलर / रुपैया (बार्षिक) तिरेर तिरेर “म नेपाली” को General Member बन्न सक्नु हुने छ |  मुलभुत उदेश्य भनेको महिनाको १ डलर / रुपैया सहयोग गर्न सक्ने क्षमता जो सुकै संग पनि हुन्छ भन्ने हो |

Affiliated Membership – तपाइँ जुन देशमा बस्नुहुन्छ त्यो देशको ६० डलर / रुपैया (बार्षिक) तिरेर “म नेपाली” को Affiliated Member बन्न सक्नु हुने छ |  मुलभुत उदेश्य भनेको अलिकति हुनेले अलिक बढी सहयोग गरौ भन्ने हो | महिनाको ५ डलर / रुपैया सहयोग गर्न सक्ने क्षमता हामि मध्ये धेरै संग हुन सक्दछ | म नेपाली को कार्य समितिमा बसेर काम गर्न कम्तिमा पनि Affiliated Membership लिएको हुनु पर्दछ | कार्य समितिमा बसेर काम गर्दा संस्थालाई र आफुले नेतृत्व गरेको प्रोजेक्टलाई पनि नियमित रुपमा समय दिनु पर्दछ | महिनामा ५ डलर / रुपैया सहयोग गर्न कठिन हुने व्यक्तिले संस्थालाई र उसले नेतृत्व गरेका प्रोजेक्टहरु सफल बनाउन समय दिन पनि निकै गाह्रो हुन्छ | तसर्थ कार्य समितिमा बसेर काम गर्न इच्छुक व्यक्तिहरुले अलिक बढी योगदान गर्नु पर्दछ भन्ने मुलभुत उदेश्य हो |

Associate Membership:  तपाइँ जुन देशमा बस्नुहुन्छ त्यो देशको १२० डलर / रुपैया (बार्षिक) तिरेर “म नेपाली” को Associate Member बन्न सक्नु हुने छ |  मुलभुत उदेश्य भनेको अलिकति हुनेले अलिक बढी सहयोग गरौ भन्ने हो | महिनाको १० डलर / रुपैया सहयोग गर्न सक्ने क्षमता हामि मध्ये धेरै संग नहुन सक्दछ | “म नेपाली” को कार्य समितिमा बसेर काम गर्न कम्तिमा पनि Affiliated Membership लिएको हुनु पर्दछ | कार्य समितिमा बसेर काम गर्दा संस्थालाई र आफुले नेतृत्व गरेको प्रोजेक्टलाई पनि नियमित रुपमा समय दिनु पर्दछ | महिनामा १० डलर / रुपैया सहयोग गर्न कठिन हुने व्यक्तिले संस्थालाई र उसले नेतृत्व गरेका प्रोजेक्टहरु सफल बनाउन समय दिन पनि निकै गाह्रो हुन सक्दछ | तसर्थ कार्य समितिमा बसेर काम गर्न इच्छुक व्यक्तिहरुले अलिक बढी योगदान गर्नु पर्दछ भन्ने मुलभुत उदेश्य हो | जस्तै १० जना Affiliated Membership को योगदान जोड्ने हो भने बर्षमा झन्डै १२०० डलर जम्मा हुन सक्दछ | त्यो १२०० डलरले हामि निकै काम गर्न सक्दछौ |

Dedicated Membership: तपाइँ जुन देशमा बस्नुहुन्छ त्यो देशको ३६५ (बार्षिक) डलर / रुपैया तिरेर तिरेर “म नेपाली” को Dedicated Membership बन्न सक्नु हुने छ | मुलभुत उदेश्य भनेको म नेपालीको उदेश्यमा पुरै बिस्वास गर्ने | “म नेपाली” लाइ आफ्नै घर / परिवारलाई जत्तिकै माया गर्ने | आफुले सकुन्जेल (लामो समय सम्म) आर्थिक रुपमा  “म नेपाली” लाई सहयोग गर्न / योगदान दिन मन गर्ने व्यक्तिहरु  Dedicated Membership  लिएर संस्थामा आबद्द हुन सक्नुहुन्छ | Dedicated Membership बिसेस गरेर आफ्ना छोरा छोरीलाइ पनि सामाजिक कार्यमा घुलमिल गराउन इच्छुक परिवारलाई मध्यनजर गरेर बनाइयको हो | Dedicated Membership लिने व्यक्तिहरुले कम्तिमा पनि उनीहरुका छोरा / छोरी १८ बर्ष पुगुन्जेल सम्म “म नेपाली” मा योगदान गरुन भन्ने हाम्रो अपेक्षा छ |

जस्तै एउटा उदाहरण;

राम नेपालको कुनै एक गाउबाट अस्ट्रेलिया आएको छ | उसको अहिले ५ बर्षकी छोरी छन् | राम खुसि साथ आफ्नो परिवार सग अस्ट्रेलियामा जिबन बिताइरहेको छ | रामले आफुले पढेको विद्यालयको शैक्षिक गुणस्तर बृदिको लागि केहि सुधार गर्नुपर्ने सुचना पाएको छ | विद्यालय र उसका साथिभाइको पनि सोहि इच्छा छ | तर गाउमा हुने विभिन्न लुछाचुडीको कारणले गर्दा कहिले काही रामको मन भड्किञ्छ | के गर्नु जस्तो पनि लाग्दछ | तेसै तेसै मन मरेर आउदछ | उसले निर्णय गर्न सकेको छैन | गाउकै कतिले रामलाई बाल पनि दिदैनन | उसले केहि गर्न खोज्दा खुट्टा तानिदिने प्रवृति पनि उसले देखेको / भोगेको छ | कतिले त “भगौडा” याने कि “एनआरएन” भनेर उसलाई अपहेलना गर्दछन | “म नेपाली” जोइन गरे पछि रामले कसरि उक्त बिद्यालयलाई सहयोग गर्न सक्दछ त |

यहा राम सग २ टा अप्सन छन

१. “म नेपाली” मा सक्रिय रुपमा संग्लग्न भएर इच्छित प्रोजेक्टमा आफै “कार्यक्रम संयोजक” भएर काम गर्ने | यसको लागि हामीले गाइड्लाइन तयार गरेका छौ

२. “म नेपाली” मा निस्कृश्य बस्ने तर बर्षको ३६५ डलर “म नेपाली” लाई सहयोग गरेर आफुलाई गर्न मन लागेको प्रोजेक्ट सम्पन्न गर्ने | यसको लागि हामीले गाइड्लाइन तयार गरेका छौ

Dedicated Membership भएको नाताले रामलाई अरु १३ बर्ष उक्त प्रोजेक्टमा योगदान दिन हामी अनुरोध गर्दछौ | अर्थात कम्तिमा पनि रामका छोराछोरी १८ बर्ष पुगुन्जेल सम्म रामले योगदान दिउन भन्ने हो | ५ बर्षकी रामकी छोरी अहिले १८ बर्ष पुगेकी हुनेछिन | रामले गरेको सानो सहयोगले त्यो बिद्यालयमा आयको परिबर्तन रामले आफ्नी छोरी संग सेयर गर्न सक्दछन | सम्भव भए सम्म रामले छोरीलाई उक्त बिद्यालयमा लगेर देखाउन पनि सक्दछन | हाम्रो योजना अनुसार काम सम्पन्न भयको खण्डमा उक्त १३ बर्षमा रामको तर्फबाट ४७७५ डलर र विद्यालयको तर्फबाट ४७७५ डलर (५०/५० साझेदारी) गरेर कुल ९४९० डलरको योगदान हुने छ |

अब ….. बर्ष अघि तपाइले छोडेको विद्यालयको या हेल्थ पोस्टको बर्तमान अबस्थालाई हेर्नुस अनि कल्पना गर्नुस झन्डै ९ लाख रुपैयाले के गर्न सकिन्छ भनेर | पछि रामकी छोरीले यो प्रोजेक्टलाई निरन्तरता दिन पनि सक्दछिन | यसो गर्दा आफ्ना सन्तानहरुलाई नेपाल संग जोड्ने एउटा माध्यम पनि हुन सक्दछ |

हामीले निरन्तर गरेको सानो सहयोगले थोरै भए पनि परिबर्तन अबस्य ल्याउने छ |

१३. अघि त्यो १२ नम्बरमा भनेको काम गर्न त म एक्लैले सकी हाल्दछु नि किन “म नेपाली” जोइन गर्नु ?

यदि तपाइँ यस्तै केहि या आफुलाई गर्न मन लागेको केहि काम एक्लै गरिरहेको हुनुहुन्छ र एक्लै गर्न मन छ भने “म नेपाली” जोइन गर्नु आबस्यक छैन | मिलेर संस्थागत रुपमा गर्न इच्छुक हुनुहुन्छ भने “म नेपाली” मा यहालाई स्वागत छ | हामी पनि ब्यक्तिगत रुपमा बिगत १५ / २० बर्ष देखि यस्तै गर्दै आएका थियौ | एक्लै गर्दा भन्दा समुहमा काम गर्दा अलिक धेरै र सजिलो गरि गर्न सकिन्छ | समुहमा काम गर्दा  एक आपसमा अनुभवहरु सेयर गर्न सकिन्छ | Dedicated Membership नलिएर General Membership लिएर या तपाइको आफ्नो अनुभव सेयर गरेर पनि तपाइले हामीलाई सहयोग गर्न सक्नुहुने छ | निर्णय गर्ने अधिकार तपाइको |

१४. “म नेपाली” ले गर्ने काम र सदस्यताको बारेमा मोटामोटी बुझियो | तर म कुनै पनि सदस्यता लिन सक्दिन / चाहदिन | यस्तो अबस्थामा “म नेपाली” ले मलाइ हेर्ने दृस्टीकोण कस्तो हुन्छ ?

म नेपाली” को बारेमा यहाले मोटामोटी बुझ्नु भएछ, हामी खुसि छौ | “म नेपाली” को सदस्यता नलिने या यो संस्थामा संग्लग्न नहुने पक्कै पनि केहि कारणहरु होलान | तपाइको निर्णयलाई हामी सम्मान गर्दछौ | “म नेपाली” को सदस्यता नलिदैमा या “म नेपाली” मा आबद्द नहुदैमा तपाइलाइ हामी नराम्रो दृस्टीकोणले हेर्ने छैनौ | पक्का पनि आफुले सकेको या आफुलाई गर्न मन लागेको केहि न केहि त तपाइले गरिरहनु भयको छ | कसैलाई “भेडाको मासु मन पर्दछ कसैलाई कुखुरा | कसैलाई च्याउ मन पर्दछ कसैलाई भिण्डि |” तसर्थ तपाइको रोजाइ र निर्णयलाई हामीले सम्मान गर्ने पर्दछ र गर्दछौ |

१५. के “म नेपाली” ले व्यक्तिगत रुपमा पनि फोन / इमेल गरेर “म नेपाली” को सदस्यता लिन अनुरोध गर्दछ ?

हामी पक्कै पनि तेसो गर्दैनौ | यसका धेरै कारण छन| जस्तै

क) पहिलो कुरा त हामी संग समय नै छैन | हाम्रो पनि परिवार छ, काम गर्नु पर्दछ | ब्यबसाय हुनेले आफ्नो व्यवसायमा समय दिनु पर्दछ | तसर्थ पक्कै पनि हामी फोन या इमेल गरेर म नेपालीको सदस्य बनिदिनुस भन्दै हिंड्न सक्दैनौ | हाम्रो फेसबुक पेज र म नेपालीको वेब नै हाम्रो “मिडिया” हो | यहि बाट हाम्रा गतिबिधि र कार्यक्रमहरु हामी अपडेट गरिरहन्छौ |

ख) तपाइहरु कति जनाको आफ्नै बिसेस कारणले गर्दा महिनाको १ डलर पनि योगदान गर्न नसक्ने आर्थिक अबस्था हुन सक्दछ | कति जागिर नभएर घरमा नै तनाबमा बस्नु भा होला, कतिपय स्वास्थ्य स्थितिको कारणले अप्ठ्यारो स्थितिमा हुनुहुन्छ होला | विभिन्न परिस्थिति हुन सक्दछ |

ग) तपाइहरु कतिलाई म नेपालीले गर्न खोजेका काममा नै बिस्वास नहुन सक्दछ | तपाइको रुचि भन्दा बाहिरको बिसय हुन सक्दछ | यो त नेपाल सरकारले पो गर्ने हो त मैले किन गर्नु पर्यो भन्ने पनि सोच हुन सक्दछ | आफनै जिबनमा ब्यस्त हुदै गर्दा यस्ता बिसयमा सोच्ने फुर्सद पनि नहुन सक्दछ | हिजोआज यस्ता कामहरु फेसनको रुपमा पनि आएका छन | तसर्थ अर्को फेसने ग्रुप आयो है भन्ने कुरो पनि आउन सक्द्छ | हामी संग कसैलाई कन्भिन्स गराउने समय पनि छैन | हामीले गर्ने भनेको एक एक सुक्काको पनि पारदर्शी तरिकाले हिसाब किताब दिने हो | अनि म नेपालीलाई बिस्वास गरेर गरेको सहयोगको अधिकतम उपयोग हुने गरि संस्थाको उदेश्य अनुसार खर्च गर्ने हो |

घ) तपाइहरु कतिलाई म नेपाली संस्था संग आबद्द व्यक्ति संग नै बिस्वास नहुन सक्दछ या ति व्यक्तिहरु मन नपर्न सक्दछ |

१६. “म नेपाली” को सदस्यता कसरि लिन सकिन्छ ?

अहिले हामीले इन्फ़र्मेटिक्स वेब मात्रै बनाएका छौ, बिस्तारै यसलाई अपग्रेड गर्ने योजना छ | वेब साइटमा भएको “म नेपाली” को सदस्यता फारम भरेर पेपल या “म नेपाली” को बैंक खातामा सिधै सदस्यता शुल्क ट्रान्सफर गरेर तपाइँ “म नेपाली” को सदस्य बन्न सक्नु हुने छ | बिस्वको जुनसुकै कुनामा बस्ने नेपालीले यो गर्न सक्दछ | यदि “म नेपाली” तपाइँ आफु बसेको देशमा पनि स्थापना गरेर सहकार्य गर्न चाहनुहुन्छ भने छलफल गरौ यसलाई बिस्व ब्यापिकरण गर्न पनि सकिन्छ | स्मरण रहोस “म नेपाली” ले “शिक्षा र स्वास्थ्य क्षेत्र” मा मात्रै काम गर्ने छ |

१७. म आफु “म नेपाली” को सदस्य नबनी कुनै गाउमा केहि काम गर्न अनुरोध गर्न सक्दछु कि नै ?

पक्कै पनि अनुरोध गर्न सक्नुहुने छ | “म नेपाली” को स्रोत र साधनले पुगे सम्म हामी काम गर्ने छौ | तर पनि हामी तपाइको सक्रिय सहभागिताको अपेक्षा गर्दछौ |

१८. “म नेपाली” ले व्यक्तिगत सहयोग गर्दछ कि नै ? जस्तै – मेरो साथीको बहिनि अहिले बिरामी छन उनको उपचारको लागि आर्थिक सहयोग चाहियको छ |

तपाइँ “म नेपाली” को सदस्य हो भने “म नेपाली” को सदस्यहरु समक्ष तपाइको अनुरोध राखिदिन सकिन्छ | तर “म नेपाली” ले तपाइको साथीको बहिनीको उपचारको लागि आर्थिक सहयोग उठाउने काम गर्न सक्दैन | एक जनालाई गरे पछि अर्कोलाइ पनि गर्नुपर्दछ नत्र फेरि भोलि बादबिबाद आउदछ | संस्थागत रुपमा यस्तो काम गर्न गाह्रो हुने भएको कारण हामी व्यक्तिगत सहयोग गर्दैनौ |

१९.  तेसो भए कस्तो अबस्थामा (स्वास्थ्य क्षेत्रमा) चाइ “म नेपाली” ले सहयोग गर्दछ त ?

कुनै पनि स्वास्थ्य चौकीलाई केहि मेडिकल औजार आबस्यक परेको हुन सक्दछ ? कुनै गाउमा हेल्थ शिविर संचालन गर्न सकिन्छ | जस्तै (महिलाहरुको लागि प्रत्येक २ बर्षमा रिकोमेण्ड गरिने प्याप टेस्ट) | हाम्रा कार्यक्रम कुनै एक व्यक्ति भन्दा पनि बृहत समुदायलाई लक्षित हुनेछन |

२०. जस्तै हुम्ला/ जुम्ला जस्ता जिल्लामा पर्याप्त स्वास्थ्य चौकी पनि छैनन | झाडा पखाला लाग्दा जिबनजल खान नपाउने कुरो सधै समाचारमा आउदछ | के यस्तो ठाउमा “म नेपाली” ले सहयोग गर्दछ ?

म नेपाली” को प्रमुख उदेश्य नै यस्तै हुन | यस्ता जिल्लाहरुमा अलि-अलि सुबिधा सम्पन्न प्राथमिक स्वास्थ्य चौकी बनाउन सक्दा पक्कै पनि त्यो ठाउका बासिन्दालाई थोरै भए पनि राहत मिल्दछ | अहिले हामी संग पर्याप्त पुजी छैन | “म नेपाली” संग पर्याप्त पुजी भएको दिन आबस्यक अनुसन्धान पश्चात हामी यस्ता योजनाहरुलाई प्राथमिकतामा राख्ने नै छौ | म नेपाली भर्खरै रोपेको बिरुवा हो | गोडमेल गर्ने काम हामी सबैको हो, आउनुस मिलेर गोडमेल गरौ |

२१. Dedicated Membership को लागि सदस्यता शुल्क ३६५ डलर छ | यो ठुलो रकम हो, म एकै चोटी सहयोग गर्न सक्दिन | म कसरि Dedicated Membership लिन सक्दछु ?

तपाइले प्रत्येक महिना ३० डलरको दरले “म नेपाली” को खातामा सदस्यता शुल्क ट्रान्सफर गर्न सक्नुहुने छ | यदि तपाइँका साना छोरा छोरी छन र उनीहरुलाई पनि यो अभियानमा सहभागी गराउन चाहनुहुन्छ भने हामी तपाइलाइ “खुत्रुके ” पनि उपलब्ध गराउन सक्दछौ | दैनिक २०/५० सेन्ट या १ / २ डलर का सिक्का  खसालेर तपाइले Dedicated Membership लिन सक्नु हुनेछ | बर्षको अन्त्यमा खुत्रुके खोलेर हाम्रो बैंक खातामा तपाइले सदस्यता शुल्क जम्मा गर्न सक्नुहुने छ | तपाइको ब्यबसाय छ र बिहानै धुप बाल्ने, भगवानको पुजा गर्ने गर्नु भा छ भने त यो झन गजबको काइदा हुने छ | पुजाआज गर्यो १ डलर खुत्रुकेमा राख्यो, बास्तबिक धर्म हुने छ |

२२.प्रोजेक्ट कोअर्डिनेटरको छनौट / नियुक्ति र निस्काशन कसरि हुन्छ ?

म नेपाली” ले यसको लागि गाइडलाइन र पोलिसिहरु निर्माण गरेको छ | General Member बाहेक अरु सबै सदस्यले म नेपाली को प्रोजेक्टमा उनीहरुको इच्छा अनुसारको पदमा बसेर काम गर्न सक्दछन |

२३. “म नेपाली” का प्रोजेक्टहरु कसरि संचालन गर्ने योजना छ ?

अहिले हामीले ठुला प्रोजेक्टहरु संचालन गर्ने योजना बनायका छैनौ | साना प्रोजेक्टहरुमा १ जना प्रोजेक्ट कोअर्डिनेटर र  प्रोजेक्ट कोअर्डिनेटर को इच्छा अनुसार अरु टिम मेम्बरहरु थपेर साना मसिना कामहरु गर्ने योजना छ | प्रोजेक्ट गाइडलाइन र पोलिसिहरु निर्माण भएको छ |

२४. अहिले धेरै संघ / संस्थाहरु खुलेका छन | धेरै जसो नेपालीले यस्ता संघ संस्थालाई वास्ता पनि गर्दैनन् र बिस्वास पनि | यस्तो अबस्थामा “म नेपाली” लाइ काम गर्न गाह्रो हुदैन ?

तपाइले गर्नु भएको अनुमान पनि सहि हो अहिले धेरै संघ संस्था खुलेका छन | वास्ता र बिस्वास गर्ने नगर्ने कुरा संघ / संस्थाको ब्यबहार संगै तपाइको ब्यबहारमा पनि निर्भर हुन्छ | मन हुदा बर्षको १२ डलर “म नेपाली” लाई सहयोग गर्न गाह्रो नहुनु पर्ने हो | १२ डलर भनेको तेती ठुलो रकम पनि होइन | पबमा २ ग्लास बियर, १ बोतल सस्तो वाइन, २ किलो अंगुर, १ किलो चेरी, आधा किलो राम्रो मासु, ३ टा कफी आदि बस्तुको मूल्य बराबरको रकम हो यो | सबै भन्दा सस्तो ब्राण्डको एक जोर “चप्पल” बाराबारको पैसा हो | जस्तै, पबमा २ ग्लास बियर पिउन हामि कति चोटि १२ डलर लाइ सम्झिञ्छौ ? १२ डलरको बारेमा एक पटक पनि सोच्दैनौ किनकि २ ग्लास बियर पिउदा प्राप्त हुने सन्तुस्टि संग हामी खुसि छौ | तसर्थ हामी १२ डलर खर्च गर्दछौ | यदि तपाइँ बियर पिउनु हुन्न भने २ किलो अंगुर किन्न कति चोटी सोच्नुहुन्छ ? पक्कै पनि सोच्नुहुन्न किनकि २ किलो अंगुर किन्न खर्च गरिने डलर बाट प्राप्त हुने सन्तुस्टि संग  तपाइँ सन्तुस्ट हुनुहुन्छ | बियर स्वास्थ्यको लागि हानिकारक छ भन्ने थाहा हुदा हुदै पनि हामी पिउदछौ | अनि त्यो अंगुर पनि कहिले काही अमिलो पर्न सक्दछ तर पनि अंगुर किन्न हामी तयार छौ | किनकि तेसबाट प्राप्त हुने सन्तुस्टि संग हामी खुसि छौ | तर “म नेपाली” या अन्य कुनै संघ / संस्थालाई १० / १५ डलर सहयोग गर्न चाई हिच्किछाउदछौ ? किनकि तेसबाट प्राप्त हुने सन्तुस्टि संग हामी खुसि छैनौ | के बर्षमा १०/१५ डलर कुनै संघ संस्थालाई सहयोग गर्दा तेसले तपाइको बार्षिक बजेटमा असर गर्दछ ? यदि गर्दछ भने “म नेपाली” को सदस्यता नलिनुस / सहयोग नगर्नुस | अनि त्यो १२ डलर “म नेपाली” लाई सहयोग गरे बापत तपाइलाइ प्राप्त हुने सन्तुस्टि संग शंका छ भने पनि सहयोग नगर्नुस | हामी पारदर्शी रुपमा हिसाबकिताब र हामीले गरेका कामहरु अपडेट गर्ने छौ | जुन दिन मन पर्दछ तेही दिन “म नेपाली” को सदस्यता लिने या “म नेपाली” लाई सहयोग गर्ने काम गर्नुहोला |

२५.  यो संस्थाको बटम लाइन चै के हो ?

अहिले हामी ३ जनाले दिनको १ डलर योगदान गर्ने अठोट गरेका छौ | यसको मतलब बर्षमा हामी संग १०९५ डलर हुने छ | तसर्थ हामीले अहिले गर्न सक्ने सहयोग भनेको १०९५ डलर (बार्षिक) हो | तर यो संख्या बृदी हुने छ | “म नेपाली” को दर्ता प्रक्रिया पुरा भए संगै अब हामी टिम गठन गर्ने छौ | तेसपछी अरु धेरै कुराहरु अपडेट गर्ने छौ | बेला बेला वेबसाइट र हाम्रो फेसबुक पेज हेर्दै गर्नुहोला |

जय नेपाल

जय म नेपाली